चिकित्सकहरु काममा फर्किनुको विकल्प छैन : सरकारका प्रवक्ता


२८ चैत्र २०७५, बिहीबार

काठमाडौं, २८ चैत । सरकारी चिकित्सकलाई आन्दोलन छाडेर काममा फर्किन सरकारले आग्रह गरेको छ । समायोजनको विरोधमा सात दिनदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्दै चिकित्सकहरु आन्दोलन उत्रँदा विरामीहरु मर्कामा परेका छन् ।

सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आन्दोलन गरेर चिकित्सकहरुले आफ्नै मर्यादाको ख्याल नगरेको बताएका छन् ।

सरकारले खटाएको ठाउँमा जान्न भनेर आन्दोलन गर्नु उचित नभएको भन्दै उनले यो समस्याको समाधान एक–दुई दिनमा नै निस्कने बताए । ‘चिकित्सकहरु सहमति निकट छन्, एक–दुई दिन अझै यस्तो चल्छ, तर उनीहरु सहमतिमा आउनुको विकल्प छैन,’ उनले भने ।

सरकारले सेवा सुविधाका बारेमा कुनै समस्या आउँदैन भनेर भनिसकेको भन्दै कानुनभन्दा बाहिरका मागका विषयमा कुरा हुन नसक्ने स्पष्ट पारे । चिकित्सकहरुले हामी विशेषज्ञ हौँ हामी जहाँ बस्छौँ नागरिकहरु उपचारका लागि त्यहीँ आउनुपर्छ भन्ने कुरामा सरकार कदापी नमान्ने भन्दै उनले सरकारले खटाएको ठाउँमा चिकित्सक जानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७