बिएड पहिलो वर्षको नतिजा सार्वजनिक, १६ हजारमा ४ हजार मात्र पास


२८ चैत्र २०७५, बिहीबार
Tribhuwan Univercity

काठमाडौं, २८ चैत ।त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकाय स्नातक तह(बिएड) पहिलो बर्षको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले बिहिबार तीन बर्षे बिएडको प्रथम बर्षको नतिजा प्रकाशित गरेको हो ।

Tribhuwan Univercity

बीएड प्रथम वर्षको परीक्षा भाद्र २०७५ मा संचालन भएको थियो । कुल १६३७६ परीक्षार्थीमा मात्र ४७९५ जनाले परीक्षा पास गरेका छन् ।

२५८२ जना परीक्षामा अनुपस्थित भएका थिए भने ८५६ जना विषयगत अनुपस्थित थिए । ४ जना परीक्षार्थीले अमर्यादित व्यबहार गरेका कारण २ बर्षका लागि प्रतिवन्ध लगाएको छ भने १६ जना परीक्षार्थीको यो बर्षको परीक्षा बदर गरेको छ ।

५ जनाको परीक्षाको नतिजा रोक्का गरेको त्रिविले जनाएको छ । यो बर्ष २९ दशमलव २८ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् ।

च्भबम mयचभस् जततउकस्ररधधध।mभचयकतगमथ।अयmरलभउबष्(िउयकतरद्दज्ञछढठर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७