भोजपुरमा वाम गठबन्धनका सबै उम्मेदवारको अग्रता, कस्को मत कति?


२१ मंसिर २०७४, बिहीबार

भोजपुर: भोजपुरमा वाम गठबन्धनका तिनै जना उम्मेदवार अगाडि बढेका छन् । मतगणनामा प्रतिनिधि सभा तथा प्रदेश सभामा वाम गठबन्धनका तीनै जना उम्मेदवारले अग्रता लिएका हुन् ।

Rajendra serdhan 1
प्रतिनिधि सभामा वाम गठबन्धका माओवादी उम्मेदवार सुदन किराँतीले ३१०३  मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार उमेशजंग रायमाझीले २४६३ मत ल्याएका छन् ।

त्यस्तै प्रदेश सभा (क) मा एमाले उम्मेदवार राजेन्द्र कुमार राईले १६६० मत ल्याएका छन् भने संघीय समाजवादी फोरमका उम्मेदवार अजम्बर राई काङमाङले १,१३१ मत ल्याएका छन् ।
प्रदेश सभा (ख) मा एमाले उम्मेदवार शेरधन राईले ४५६७ ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर कार्कीले १६६६ मत प्राप्त गरेका छन् ।

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७