ठमेलको फ्री भेइकल जोनमा ट्याक्सीः ट्राफिकलाई घुस, पर्यटक लुट्न छुट


२ बैशाख २०७६, सोमबार
thamel

काठमाडौं, २ बैशाख । सरकारले सन् २०२० लाई भ्रमण बर्ष घोषणा गरेको छ । बढीभन्दा बढी पर्यटक भित्र्याउन सरकार लागेको छ । तर पर्यटकहरुको चाप बढी हुने ठमेल क्षेत्रमा ट्याक्सीबाटै उनीहरु लुटिने गरेका छन् ।

thamel

ठमेल क्षेत्रलाई पर्यटकमैत्री बनाउन सवारीमुक्त क्षेत्र (फ्री भेइकल जोन) घोषणा गरिएको छ । तर फ्री भेइकल जोन भए पनि ट्राफिक प्रहरीका इन्चार्ज धर्म घिमिरेले ट्याक्सी प्रवेश गराएर पर्यटकसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएकै ३ हजारदेखि ४ हजार रुपैयाँसम्म असुली गर्न छुट दिने गरेका छन् ।

ठमेलमा जानका लागि सवारी पासको ब्यवस्था गरिएको छ । तर ट्राफिक प्रहरीले कर्मचारी संचयकोष भवनबाट मनाङ, मस्र्याङ्दी होटल वरिपरि ट्याक्सी प्रवेश गर्न छुट दिने गरेको छ । र, राति २ बजेतिर सरकारी मोटरसाइकलमा सिपाहीलाई ट्याक्सी चालकसँग पर्यटकसँग मनपरी असुली गरेबापतको कमिसन माग्न सई घिमिरेले पठाउने गरेको गुनासो एक ब्यवसायीको छ । ती ब्यवसायीका अनुसार हिमालयन जाभा कफीसपनिर पार्किङ गर्न निषेध छ, तर ट्राफिक प्रहरीले घुस पाएपछि ९ वटासम्म ट्याक्सी पार्किङ गर्न छुट दिइएको छ । ती ट्याक्सीले पर्यटकहरुसँग मनपरी भाडा लिने गरेका छन् । ट्याक्सी प्रयोग ग¥यो कि कम्तीमा ३ हजार रुपैयाँसम्म असुली गरी पर्यटकलाई लुट्ने काममा ट्राफिकले साथ दिएको छ ।

फ्री भेइकल जोन भए पनि कालो प्लेटका सवारी पास नभएका टयाक्सीलाई प्रवेश गराई पर्यटकसँग असुली गरिएको भागबण्डा राति २ बजे सिपाहीलाई खटाएर असुली गर्ने गरेको आरोप सई घिमिरेमाथि लाग्ने गरेको छ । आजको साँघु साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७