१३ ओभरमै नेपालले मलेसियालाई हरायो


२ बैशाख २०७६, सोमबार
Rit Gautam

काठमाडौं, २ बैशाख (एजेन्सी) । आईसीसी यू–१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको छनौटमा नेपालले मलेसियालाई ८ विकेट हराएको छ ।

मलेसियाको घरेलु मैदान बायोमास ओभल मैदानमा ९३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमै लक्ष्य पुरा गर्दे हराएको हो । नेपालका कप्तान रोहित पौडेलले १२.६ बलमा छक्का हान्दै ९५ रन बनायो ।

टस जितेर फिल्ङिङ गरेको नेपालले ३३.५ ओभरमा ९२ मै अलआउट गरको हो ।
नेपालको लागि ओपनर रित गौतमले नटआउट ३९ रन बनाए । उनले ४५ बलमा ५ चौका मद्धत ३९ रन बनाए ।
यस्तै ओपनर पर्वन सरार्फले १९ रन, आसिफ शेखले २६ र कप्तान रोहितले नटआउट ६ रन बनाए ।
मलेसियाका अफिक स्याकिर र स्युक्रि मडेलीले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मेलसियाले ३३.५ ओभरमा अल आउट हुँदै ९२ रनमा बनाएको थियो ।

मलेसियाका लागि लेइजत डानियल फिक्रिले ३७ रन बनाउनु बाहेक अन्यले दोहोरो रन बनाउन सकेन् । उसका लागि मुहमद आमिरले १३ रन, हाकिम हरिसनले १० बनाए ।

कुशल मल्लले २१ ओभरको चौथो बलमा क्याच गराउनु अघि ड्यानियलले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । नेपाली बलरको कसिलो बलिङ सामु मलेसियाका ८ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिलो ओभरको तेस्रो बलमै कमलसिंह ऐरीले ओपनर असलम खानलाई हरि बहादुर चौहानबाट शून्यमा क्याच गराए । ऐरीलेनै पाँचौ ओभरको दोस्रो बलमा अर्का ओपनर वान रुमीरुललाई रित गौतमबाट ७ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए ।

कप्तान मोहम्मद अमिरलाई १३ ओभरको पहिलो बलमा पवन सरार्फले १३ रनमा बोल्ड आउट गरे । १७ ओभरको अन्तिम बलमा विजयी उन्निलाई ४ रनमा कुशल मल्ले एलीवी डब्लू धराप पारेपछि मलेसियाको विकेट निरन्तर गुमि रह्यो ।

मलेसियालाई सस्तैमा पवन सरार्फले ८.५ ओभरमा १ मेडन १३ सहित रन खर्चेर ३ विकेट लिए । त्यस्तै कुशल मल्लले ८ ओभरमा २ मेडन सहित ३, कमलसिंह ऐरी २ र सागर ढकालले १ विकेट हात पारे ।

जितसँगै नेपाल तालिकाको दोस्रो स्थानमा उक्लेको छ । नेपालको ३ खेलमा ४ अंक भएको छ । नेपाल यसअघि सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७