प्राडा. शिवकुमार राईलाई ‘हेल्थ रिसर्च लाइफटाइम’ अवार्ड


३० चैत्र २०७५, शनिबार
ttt

काठमाडौं, ३० चैत । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा रहि विभिन्न अध्ययन अनुसन्धानमा सक्रिय प्राडा शिवकुमार राईलाई ‘हेल्थ रिसर्च लाइफटाइम अवार्ड’ बाट सम्मानित गरिएको छ ।

ttt

उनलाई स्वस्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको तीन दिने सम्मेलनका अवसरमा सम्मान गरिएको हो । राई यो सम्मान पाउने नेपालका पहिलो स्वास्थ्य व्यक्ति बन्न सफल बनेका छन् । भोजपुरमा जन्मिएका प्राडा राईले स्वास्थ्य क्षेत्रमा लामो योगदान पुर्‍याएका छन् ।

स्वास्थ्य क्षेत्रको लामो अनुभव बटुलेका राईले अहिलेसम्म १७९ वटा खोज अनुसन्धान पुस्तिका (रिसर्च पेपर) प्रकाशन गरिसकेका छन् । उनले नेपाल र विश्व स्वास्थ्य क्षेत्रका विभिन्न विषयवस्तु समेटिएका २५ वटा पुस्तक समेत लेखिसकेका छन् । जुन विभिन्न समयमा प्रकाशन भएका छन् ।

एसएलसी उत्तीर्ण भए लगतै स्वास्थ्य क्षेत्रमा होमिएका प्राडा शिवकुमार राईले २०३२ सालमा काठमाडौंबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका हुन् । स्नातक र स्नात्तकोतरको पढाई भारतमा गरेका प्राडा राईले जापानबाट विद्यावारिधिको अध्ययन पूरा गरेका हुन् । चिकित्स शास्त्र अध्ययन संस्थापनमा १८ वर्ष सेवा गरेका प्राडा राईले नेपाल मेडिकल कलेजका साथ जापानको काेवे युनिभर्सिटीमा समेत पाँच वर्ष अध्यापनको काम गरिसकेका छन् ।

प्राडा. राई स्नातक र स्नातकोत्तर तहमा प्रथम श्रेणिमा सर्बप्रथम हुँदा र विद्यावारीधी गर्दा राज्यबाट दीइने महेन्द्र विद्याभुशण क्रमश ग, ख र क तीनै तहबाट बिभूसित हुने स्वास्थ्य र चिकित्सा विज्ञानको क्षेत्रमा पहिलो ब्यक्ती हुन् । दुई वर्ष योजना आयोगको सदस्य बनेर काम गरिसकेका प्राडा शिवकुमार राईले स्थातक स्नात्तकाेतरमा सर्वप्रथम प्रथम श्रेणीमा उत्तिण गरेकाले सरकारबाट यसअघि नै महेन्द्र विद्याभूषण पदकबाट समेत विभूषित भैसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७