टेलिकमले ल्यायो विभिन्न प्याकेजसहित ‘स्प्रिड’ अफर, अब ९ रुपैंयाँमै ९० मिनेट कल गर्न सकिने


२ बैशाख २०७६, सोमबार
Ntc Head office Building
फाइल तस्बिर

काठमाडौं, २ बैसाख । नेपाल टेलिकमले विभिन्न प्याकेजसहित ‘स्प्रिङ अफर’ ल्याएको छ । शनिबारबाट शुरु भएको यो योजना ९० दिनसम्म चल्ने छ । टेलिकमले एक घण्टा अनलिमिटेड प्याक ल्याएको छ ।

Ntc Head office Building
फाइल तस्बिर

यस प्याकअन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम–सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टीभ भएपछि एक घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित प्रयोग गर्न सक्ने छन् ।

यसका अलावा १० मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असीमित भ्वाइस, डाटा, एसएमएस प्रयोग गर्न सकिने जनाइएको छ । अलटाइम डाटा प्याकअन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड–पोस्टपेड मोबाइलमा अलटाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । जसमा १२ रुपैयाँदेखि ९९० रुपैयाँसम्मका प्याक उपलब्ध छन् । डे डाटा प्याकमा नौ रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ५५ एमबी डाटा चलाउन सकिन्छ ।

त्यस्तै एक जीबी पर डे डाटा प्याकमा ४५ रुपैयाँमा एक दिनका लागि एक जीबी डाटा भोल्युम उपलब्ध हुनेछ । साथै दुई सय ५० रुपैयाँमा सात दिनका लागि सात जीबी र आठ सय ५० रुपैयाँमा २८ दिनका लागि २८ जीबी डाटा भोल्युम उपलब्ध हुनेछ । यसका साथै कम्पनीले नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसियल मिडिया प्याक ल्याएको छ ।

सोसल मिडिया प्याकमा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यसअन्तर्गत ६ रुपैयाँमा ३६ एमबी डाटा एक दिन, ३० रुपैयाँमा १५० एमबी डाटा तीन दिन र ६० रुपैयाँमा तीन सय २५ एमबी डाटा सात दिनका लागि २४सै घण्टा उपलब्ध हुनेछ ।

यसका साथै कम्पनीले डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, डे टाइम भ्वाइस प्याकमा नयाँ योजना ल्याएको छ । त्यस्तै टेलिकमले एप डाउनलोड गर्दा सय एमबी निःशुल्क डाटा उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७