शेयर किन्नलाई अब ‘प्यान’ अनिवार्य


२ बैशाख २०७६, सोमबार
dhitopatra board

काठमाडौं, २ बैसाख । दोस्रो बजारमा ५ लाख रुपैयाभन्दा धेरैको शेयर किन्नेलाई सोमबारदेखि स्थायी लेखा नम्बर अर्थात प्यान अनिवार्य भएको छ ।

dhitopatra board

धितोपत्र बोर्डले एक पटकमा ५ लाख वा त्योभन्दा बढीको शेयर किन्ने ब्यक्तिलाई प्यान नम्बर अनिवार्य गरेको हो ।

पहिलो चरणमा एकै कारोबारमा पाँच लाख वा त्यो भन्दा बढी कारोबार गर्नेलाई प्यान नम्बर अनिवार्य गरिएको र त्यो भन्दा कमको कारोबार गर्ने ग्राहकले पनि ऐच्छिक रुपमा प्यान नम्बर बुझाउन सक्ने बोर्डले जनाएको छ ।

साना लगानीकर्तालाई प्रोत्साहित गर्न ५ लाखभन्दा कमको कारोबारमा भने प्यान अनिवार्य नगरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७