सलमानको प्रतिक्षित ‘भारत’ को पोस्टर सार्वजनिक, किन यस्तो लुक्स बनाए ?


२ बैशाख २०७६, सोमबार
salman15

काठमाडौं, २ बैसाख । यस वर्षको बहुप्रतिक्षित फिल्ममध्येको एक ‘भारत’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।

salman15

पोस्टरमा अभिनेता सलमान खान फिचर्ड छन् । उनलाई बिल्कुलै नयाँ लुक्समा देख्न सकिन्छ । उनी एक वृद्ध पुरुषको गेटअपमा प्रस्तुत छन् । पोस्टरबाट अनुमान लगाउन सकिन्न कि, यो मेकअपको कमाल हो । किनकी, उनको लुक्स र मेकअप निकै रियल देखिएको छ ।

सलमानले आफ्नो ट्विटर अकाउन्टमा यो तश्बिर सेयर गरेका छन् । पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ’जति सेतो मेरो कपाल र दाह्री छ, त्योभन्दा बढी रंगीन मेरो जिन्दगी छ ।’ ‘भारत’ मा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् । यो फिल्ममा उनको ६ अलग(अलग लुक्स छ । फिल्म यही इदमा रिलिज हुँदैछ ।

bharat

यो फिल्ममा सलमानका अलावा कटरीना कैफ र दिशा पाटनी पनि प्रमुख भूमिकामा छन् । फिल्ममा ज्याकी श्राफ र सुनील ग्रोवरको पनि अभिनय छ । भारतलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । अली र सलमानको यो तेस्रो सहकार्य हो । योभन्दा अगाडि दुईले ’सुल्तान’ र ’टाइगर जिन्दा हे’ बनाएका थिए । दुबै सुपरहिट भएको थियो ।

‘भारत’ ले पनि बक्स अफिसमा नयाँ रेकर्ड बनाउने अनुमान धेरैको छ । यो फिल्मको टिजर सार्वजनिक भइसकेको छ । अब दर्शकलाई फिल्मको ट्रेलरको प्रतिक्षा छ, जुन २४ अप्रिलमा रिलिज हुँदैछ । फिल्म भने ५ जूनमा रिलिज हुनेछ । यो त्यही फिल्म हो, जसमा पहिला प्रियंका चोपडा लिड रोलमा थिइन् । उनले हात झिकेपछि कटरीनाको प्रवेश भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७