प्रतिनिधिसभामा माओवादी केन्द्रको विजयी सुरुवात, पूर्वी रुकुममा कमला रोका विजयी 


२२ मंसिर २०७४, शुक्रबार

काठमाडाैं : रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कमला रोका विजयी  भएकी छिन् । रोकाले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतअन्तरले पछि पार्दै विजयी भएकी हुन् ।kamala rokakamala rokakamala rokka
जम्मा खसेको मत १८ हजार ३१ मध्ये बिजयी  भएकी रोकाले १० हजार ४३४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी घर्तीले चार हजार ४०६ मत ल्याएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
पूर्वयुवा तथा खेलकुद मन्त्रीसमेत रहेकी रोका माओवादी केन्द्रका उम्मेदवारमध्ये पहिलो विजेता  बनेकी हुन्। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यहाँ प्रदेशसभाका दुवै क्षेत्रमा पनि माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
पूर्वी रुकुममा मंसिर १० गते मतदान भएको थियो र बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७