समता स्कुललाई प्रधानमन्त्रीद्वारा ‘वर्ल्ड बुक अफ् रेकर्ड्स’ हस्तान्तरण


२ बैशाख २०७६, सोमबार
samata

काठमाडौं, २ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कुल काठमाण्डौलाई ‘वर्ल्ड बुक अफ् रेकर्ड्स’ हस्तान्तरण गरेका छन् ।

samata

बालुवटारमा सोमबार आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ् रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन् । प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले एक सय रुपैयाँमा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई समताले गुन लगाएको बताए ।

‘राज्यले लिनु पर्ने दायित्व तपाईहरुले लिनु भएको छ । यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु’, प्रधानमन्त्री ओलीले भने, ‘अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।’

प्रधानमन्त्री ओलीले समता स्कुलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको बताउनुभयो । ‘सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि तपाईहरुलाई बधाई छ ।’

प्रधानमन्त्री ओलीले यस वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालयबाहिर नुहने स्पष्ट पारेका छन् । नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पनि उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७