अब सशस्त्रका पूर्व कर्मचारीलाई जीवन निर्वाह भत्ता, ऋणको कोटा पनि बढ्यो


२ बैशाख २०७६, सोमबार
apf

काठमाडौं, २ बैसाख । सशस्त्र प्रहरी बलले आफ्ना ज्येष्ठ पूर्व कर्मचारीलाई जीवन निर्वाह भत्ता दिने उपलब्ध गराउने भएको छ ।

apf

यो वर्षदेखि ७० वर्ष कटेका पूर्व सशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक रुपमा १२ हजार रुपैयाँ निर्वाह भत्ता दिने व्यवस्था गरिएको आज आयोजित एक कार्यक्रममा जानकारी गराइएको छ ।
बलका प्रमुख प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल सरकारको ज्येष्ठ नागरिकलाई सम्मान गर्ने नीतिलाई मूर्तरुप दिन संगठनले वार्षिक भत्ता उपलब्ध गराउने निर्णय बताएका छन् ।

सोमबार हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्व कर्मचारी तथा वीरगति प्राप्त गरेका कर्मचारीका सन्तानको विवाहमा ब्याण्ड बाजा निःशुल्क उपलब्ध गराउने निर्णय समेत भएको जानकारी दिए ।

यसअघि बलका वहालवाला कर्मचारी र उनीहरुका सहोदर छोराछोरीलाई मात्र यो सुविधा दिइँदै आएको थियो । खनालका अनुसार यो वर्षबाट कर्मचारीले लिन पाउने ऋणको कोटा पनि बढाइएको छ । यसअघि २ सय २५ जनाले ऋण लिन पाउने व्यवस्था रहेकामा थप २५ वटा कोटा कायम गरेर २५० जनाले ऋण लिन पाउने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७