लादेन मार्ने मिसनमा प्रयोग भएको कुकुर कसरी आइपुग्यो भारतीय प्रहरीको हातमा ?


२ बैशाख २०७६, सोमबार
laden

काठमाडौं, २ बैसाख । सन् २००१ मा अमेरिकाको ट्वीन टावर हमलासहित थुप्रै आतङ्कवादी गतिविधिको नेतृत्व गरेका अल कायदाका पूर्व प्रमुख ओसामा बिन लादेनलाई मार्ने अमेरिकी नेवी सील टीममा सहभागी बेल्जियन मालिनोस प्रजातिको कुकुरलाई मध्यप्रदेश प्रहरीले डग स्क्वायडमा सहभागी गराइएको छ ।

laden

मालिनोस जातिको कुकुरलाई अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसको सुरक्षामा खटाइँदै आइएको छ । मध्यप्रदेश प्रहरीले २ बेल्जियन मलिनोसआफ्नो डग स्क्वायडमा समावेश गरेको छ । मध्यप्रदेश प्रहरीका एक अधिकारीले भने, ‘यस जातिको कुकुरको सूंघने र हमला गर्ने क्षमता अन्य प्रजातिको कुकुरमा भन्दा ज्यादा हुन्छ ।’

यी कुकुरलाई नौ महिना प्रशिक्षण दिइनेछ । जसको खर्च एक लाख भारतीय रुपैयाँ प्रति कुकुर हुनेछ । सो खर्चमा उनको लागि आहार र अन्य सुविधाहरु हुनेछन् । विश्वका कयौ प्रहरी बल पनि यस जातिको कुकुरको प्रयोग आफ्नो डग स्क्वायडमा गरिरहन्छन् ।

मध्यप्रदेशमा यसभन्दा पहिले यस जातिको कुकुर वन्यजीव संरक्षण र अवैध शिकार विरोधी अभियानको लागि गरिएको थियो । बेल्जियन मालिनोसको ऊंचाई २४ देखि २५ इन्च हुन्छ । यसको वजन १८ किलोग्रामदेखि २७ किलोग्रामसम्म हुनसक्छ । यसको औसत आयु १४ देखि १६ बर्ष हुन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७