३५ प्रतिशत मात्रै पूँजीगत खर्च, ३ खर्ब १३ अर्ब विनियोजन, १ खर्ब ६ अर्ब मात्र खर्च


२ बैशाख २०७६, सोमबार
bujet

काठमाडौं, २ बैसाख । शक्तिशाली सरकारले समेत विकास खर्च गर्न असक्षम बनेको छ । दुई तिहाईको स्थिर सरकार भए पनि नौ महिनाको अवधिमा ३५ प्रतिशत मात्रै विकास खर्च भएको तथ्याङ्कले देखाएको छ ।

bujet

वार्षिक विनियोजन ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँमध्ये सरकारले ९ महिनामा १ खर्ब ९ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सरकारले ९ महिनामा ४ खर्ब ६६ अर्ब ६ करोड रुपैयाँ चालु खर्च गरेको छ ।

सरकारले ९ महिनामा गरेको गरेको चालु खर्च कूल विनियोजन ८ खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँको ५५.१३ प्रतिशत हो ।

यसैगरी वित्तीय व्यवस्थातर्फ २९.८२ प्रतिशत रकम खर्च भएको छ । वार्षिक विनियोजन १ खर्ब ५५ अर्ब रुपैयाँमध्ये चैत मसान्तसम्ममा ४६ अर्ब ४४ करोड रुपैयाँ वित्तीय व्यवस्थातर्फको रकम खर्च भएको कार्यालयले जनाएको छ ।

सरकारले ९ महिनामा संकलन गरेको राजस्वको यकिन विवरण भने आइसकेको छैन । ९ महिनामा करिब ५ खर्ब रुपैयाँ राजस्व संकलन भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७