दीपक मनाङेको मनाङकाे प्रदेशसभा ‘ख’ मा विजयी


२२ मंसिर २०७४, शुक्रबार
dipak manage

काठमाडौं  : स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।dipak manage
मनाङेले १ हजार ४ सय १० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याए । मनाङेले ३९० मततात्नरमा जित हात पारे । मनाङेलाई नेकपा एमाले सहित बाम गठबन्धनले समर्थन दिएको थियो । एमाले उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिए मनाङेलाई समर्थन जनाएकी थिइन् ।
एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएको थियो ।  जिल्लाबाट एमालेले मनाङ्गेलाई सर्वसम्मत सिफारिश गरेपनि सर्वत्र विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो । मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दिएको थियो ।
यस्तै प्रदेशसभाका सदस्यका ‘क’मा लागि नेपाली काँग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ । काँग्रेस उम्मेदवार चिन्तबहादुर घलेले प्रदेशसभा (क)बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले पराजित गर्दै विजयी भएको हो । विजयी घलेले ९९८ मत प्राप्त गरे ।
एमालेका धोर्जे डण्डुल गुरुङले ८९६ मत प्राप्त गरे मनाङ (क)मा दुई हजार १७९ मतदाता रहेकामा एक हजार ९०१ खसेको थियो ।
प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र भएको मनाङमा नेकपा (एमाले)का उम्मेदवार पोल्देन छेपाङ गुरुङ निर्वाचित भए । उनले नेका मनाङका सभापति एवं पूर्वराज्यमन्त्रीसमेत रहेका नेका उम्मेदवार टेकबहादुर गुरुङलाई २८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७