९० दिनपछि जयनगर-जनकपुर रेल गुड्ने, टेण्डर निकाल्ने तयारी

‘जीटुजी’ प्रक्रियामार्फत ८४ करोड ६५ लाखमा २ वटा रेल खरिद गरिने


२ बैशाख २०७६, सोमबार
rail janakpur

काठमाडौं, २ बैसाख । नेपालीहरुको रेल चढ्ने सपना विपनामा परिणत हुने दिन नजिकिंदै गएको छ ।

rail janakpur

जयनगर–जनकपुर रेल सेवा ९० दिनभित्र सञ्चालनमा ल्याइने रेल विभागले जानकारी दिएको छ । उक्त ब्रोडगेज रेलमार्ग निर्माणको अन्तिम चरणमा पुगेको र अबको ९० दिनभित्र रेल सञ्चालनमा ल्याउने रेल विभागका महानिर्देशक बलराम मिश्रले दावी गरेका छन् । सरकारले जयनगर–जनकपुर रेलमार्गमा रेल सञ्चालनका लागि केही समय अगाडि नै विभागलाई २ सेट रेल खरिद गर्न रकम उपलब्ध गराई सकेको छ ।

सरकारले भारतीय सरकारी कम्पनी कोकान रेलवेयज कर्पोरेसन लिमिटेडमार्फत २ वटा डीईएमयू रेल खरिद गर्न सो समय लाग्ने भएकाले अवको ९० दिनपछि मात्रै सो रेल मार्गमा रेल सञ्चालनमा ल्याउन सकिने मिश्रले जानकारी दिएका छन् । सरकारले उक्त रेलमार्गमा रेल सञ्चालन गर्न जी टु जी प्रक्रियामार्फत ८४ करोड ६५ लाख रुपैयाँमा २ वटा रेल खरिद गर्नेछ ।

त्यस्तै रेल विभागले लालबन्दीदेखि निजगढसम्मको रेलमार्गको लागि टेण्डर गर्ने प्रक्रियालाई समेत अगाडि बढाइएको विभागले जानकारी दिएको छ । विभागले यसअघि नै उक्त मार्गको टेण्डर गर्ने भनिए पनि जग्गाको मुआब्जलगायतको काम बाँकी रहेकाले टेण्डरको समय पनि सार्दै गएको थियो । तर अव भने बनको मात्र केही काम बाँकी भएकाले ४–५ दिन भित्रै टेण्डर निकाल्ने तयारी गरेको मिश्रले बताएका छन् ।

उनले भने, ‘वातवरणीय प्रभाव मूल्याङकन (इआईए) को काम समेत सम्पन्न भएको छ । अव केही दिनमै टेण्डर खोल्छौं ।’ रौतहट जिल्ला प्रशासन कार्यालयले पहिलो पटक जारी गरेको सूचनाका आधारमा उक्त रेलमार्गमा बस्ती परेपछि पुनः बस्तीलाई हटाएको सूचना जारी गरेको थियो ।

उक्त रेलमार्गमा पर्ने बस्तीलाई हटाई विभागले टेण्डर गर्न लागेको विभागले जानकारी दिएको छ । लालबन्दीदेखि निजगढसम्म करिब ४० किलोमिटर रेलमार्गको लागि करिब ६ अर्ब रुपैयाँ लागत लाग्ने विभागको अनुमान रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७