स्मार्ट डोको ‘नयाँ वर्षको अफर’, यी सामान किन्दा पाइन्छ ७० प्रतिशतसम्म छुट


२ बैशाख २०७६, सोमबार
Mnemonic

काठमाडौं, २ बैसाख । नयाँ वर्षको अवसरमा स्मार्ट डोकोले उपभोक्तामाझ आकर्षक छुट अफर योजना ल्याएको छ ।

Mnemonic

नयाँ वर्ष २०७६ को अवसरमा स्मार्ट डोकोले इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ७० प्रतिशतसम्मको छुट सहित ‘नयाँ वर्षको अफर’ अभियान ल्याएको हो । यहि बैशाख २ देखि ल्याइएको अफर १० गतेसम्म लागू हुने स्मार्ट डोकोले जानकारी गराएको छ ।

स्मार्ट डोकोले रिङ्गरोडभित्र आफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ । दिउँसोको १ बजे भन्दा अगाडि अर्डर गरिएका सामानहरु त्यहि दिन डेलिभरी हुनेछ भने भुक्तानी नगदलगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिन्छ ।

Creative

यो नयाँ वर्षको अवसरमा एडिडास, स्यामसुङ, टोनीमोली, लुमिनार्क, गोल्डस्टार, साइनेक्स्, वर्डपुल इत्यादि ब्राण्डहरुमा भारी छुट दिदैछ । स्मार्टडोकोका १८ विभिन्न उत्पादन छन् । जस्तै मोबाइलफोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घर पालुवा जनावरका सामग्री, खानेकुरा, पेय पदार्थ इत्यादि रहेका छन् ।

स्मार्टडोकोले नेपालका मुख्य शहरहरु काठमाडौं, पोखरा, बिराटनगर, नारायणघाट, बीरगञ्ज, इटहरी, धरान, दाङ, नेपालगञ्ज र बिर्तामोडमा डेलिभरी सुबिधा दिने भएकाले उपभोक्ताले आफू पायकको स्थानबाट सामान खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७