भारतबाट लुकाएर ल्याइयो ९१ लाखको कपडा, प्रहरीलाई २१ लाखको प्रलोभन देखाउँदा पक्राउ


२ बैशाख २०७६, सोमबार
pakrau 1

काठमाडौं, २ बैसाख । भारतबाट अवैधरुपमा काठमाडौं ल्याइएको ठूलो परिमाणको कपडासहित तीन जनालाई प्रहरीले पक्राउपछि सोमबार सार्वजनिक गरिएको छ ।

pakrau 1

महानगरीय प्रहरी परिसर टेकुले आज पत्रकार सम्मेलन गरी बसका चालक सर्लाहीका श्याम विश्वकर्मा, सामान छुटाउन प्रहरीलाई आर्थिक प्रलोभन दिएको आरोप लागेका सुर्खेतकी दीपा राना र नुवाकोटका भरत तामाङलाई सार्वजनिक गरेको हो ।

नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४८४२ नम्बरको यात्रुवाहक बसमा फल्सबटम बनाई सामान ल्याएको सुराकीको आधारमा स्वयम्भूको चःमतीबाट प्रहरीले बस र सामान नियन्त्रणमा लिएको थियो ।

उनीहरुले बसको छत र सिटको पछाडि फल्सबटम बनाइ अवैधरुपमा लत्ताकपडा लुकाएर ल्याएका थिए । प्रहरीले बस र सामान नियन्त्रणमा लिए पनि चालक श्याम विश्वकर्मा भने फरार भएका थिए । पछि उनले प्रहरीलाई सम्पर्क गरी २१ लाख रुपैयाँको आर्थिक प्रलोभन देखाएको प्रहरीले दाबी गरेको छ ।

kapada

प्रहरीकाअनुसार चालक विश्वकर्मा प्रहरीसामु आउँदा भने तीन लाख ५० हजार रुपैयाँ बोकेर आएका थिए । प्रहरीलाई बुझाउन भनी उनले ल्याएको रकमसहित विश्वकर्मा समातिएका हुन् । उक्त रकम पनि प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले चालक विश्वकर्मा र उनका अरु दुईजना सहयोगीलाईसमेत पक्रन सफल भएको महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी वसन्त लामाले बताएका छन् । बरामद गरिएको लत्ता कपडाको बजार मूल्य ९१ लाख रुपैयाँ बराबर रहेको छ । पक्राउ परेका तीनै जनाविरुद्ध थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७