संघीयताले अरु दलको पनि ओठ-मुख सुकेको छ, पहिला फसेकाले उम्किन मात्र नसकेका : नेता केसी


२ बैशाख २०७६, सोमबार
chitra bahadur kc

काठमाडौं, २ बैसाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले अहिले देशमा लागू भएको संघीयताप्रति सर्वसाधरणमा मात्र होइन स्वयम् दलहरुमा पनि वितृष्णा बढ्दै गएको बताएका छन् ।

chitra bahadur kc

उनले फरक संघीयता क्यान्सर रोग जस्तै भएको र यसको कुनै तुक नरहेकाले यसलाई खारेजी गर्नुपर्ने बताए । शुरुदेखि नै संघीयताको बिपक्षमा वकालत गर्दै आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भने, ‘अहिले संघीयताको विषयमा अरु दलको पनि ओठ मुख सुकेको छ अन्य दललाई पनि यो खासै स्वीकार्य छैन । पहिले फसेको हुनाले उम्कन नसकेको मात्र हो ।’

आफूले सबै दलको नाडी छामेको भन्दै संघीयता लागू गर्छौैं भन्ने दलहरु पनि अहिले पछुताउन लागेको उनले बताएका छन् । दोस्रो चन्द्रागिरी महोत्सवलाई सम्बोधन गर्दै नेता केसीले संसदमा पेश गरिएको नागरिकता विधेयक तत्काल खारेज नगरे राष्ट्रियता नै खतरामा पर्ने आशंका व्यक्त गरेका छन् ।

उनले भने ‘नागरिकता विधेयक सदनमा छलफलकै क्रममा छ, तर मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई अङ्गीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गरेको छ । यो अत्यन्तै गम्भीर र गलत कुरा हो, तत्काल खारेज गर्नुपर्छ ।’ केसी यो विधेयकले नेपालमा जन्मिएका वास्तविक नागरिकहरुलाई नागरिकता दिनबाट बञ्चित गराइने र विदेशबाट आएकाहरुलाई नागरिकता दिने बाटो खोलिदिएको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७