मनाङ जिल्ला : प्रतिनिधिसभामा एमाले, प्रदेशमा काँग्रेस र स्वतन्त्र निर्वाचित


२२ मंसिर २०७४, शुक्रबार
dipak managge

काठमाडाैं :  हिमालपारिको जिल्ला भनिने मनाङमा प्रतिनिधिसभामा नेकपा (एमाले) र प्रदेशसभामा नेपाली काँग्रेस र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।  प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र भएको मनाङमा नेकपा (एमाले)का उम्मेदवार पोल्देन छेपाङ गुरुङ निर्वाचित भएका हुन् ।dipak managge
नेका मनाङका सभापति एवं पूर्वराज्यमन्त्रीसमेत रहेकाे नेका उम्मेदवार टेकबहादुर गुरुङलाई २८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएकाे हाे । विजयी पोल्देन छोपाङले दुई हजार ३०० मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी टेकबहादुरले दुई हजार २१ मत पाए ।
खसेको मतमध्ये चार हजार ३२१ मत सदर भयो भने १६ मत बदर भएको छ । नेपालमै सबैभन्दा कम मतदाता रहेको मनाङमा चार हजार ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ पाँच हजार ८८१ मतदाता छन् ।
प्रदेशसभा (क)मा काँग्रेस र (ख)मा स्वतन्त्रका मनाङ्गे
प्रदेशसभाका सदस्यका लागि नेपाली काँग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ । काँग्रेस उम्मेदवार चिन्तबहादुर घलेले प्रदेशसभा (क)बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले पराजित गर्दै विजयी भएका छन् । विजयी घलेले ९९८ मत प्राप्त गरे ।

एमालेका धोर्जे डण्डुल गुरुङले ८९६ मत प्राप्त गर्नुभएको छ । मनाङ (क)मा दुई हजार १७९ मतदाता रहेकामा एक हजार ९०१ खसेको थियो ।
प्रदेश सभा (ख)मा दीपक मनाङ्गे भनेर चिनिने स्वतन्त्र उम्मेदवार राजीव गुरुङ निर्वाचित  भएको छ । गुरुङले एक हजार ४१० मत पाएकाे छ भने प्रतिद्वन्द्वी नेकाका कर्म गुरुङ ३९० मतले पराजित  भए  । उहाँले एक हजार २० मत प्राप्त गरे ।
एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएकाे थियाे ।  जिल्लाबाट एमालेले मनाङ्गेलाई सर्वसम्मत सिफारिश गरेपनि सर्वत्र विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो । मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७