शिव परियार ‘ह्यापी-ह्यापी’ मा कार्टुन क्रुको नृत्य


२ बैशाख २०७६, सोमबार
Shiva Pariyar 15042019122248

काठमाडौं, २ बैसाख । गीतकार सुरेश वाग्लेको ‘हृयाप्पी हृयाप्पी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ बर्ष २०७६ को उपलक्ष्यमा दर्शक तथा स्रोताहरु माझ गीत सार्वजनिक गरिएको रचनाकार वाग्लेले जानकारी दिएका छन् ।

Shiva Pariyar 15042019122248

गीतमा हरि लम्सालको सङ्गीत तथा गायक शिव परियारको स्वर सुन्न सकिन्छ । चर्चित नृत्य समूह ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा विकसहित साथीहरुको अभिनय रहेको गीतको भिडियोमा गायक परियारको समेत अभिनय देख्न सकिन्छ ।

सार्वजनिक आधुनिक रोमान्टिक गीतको भिडियोलाई राम केसीले छायांकन गरेका हुन् भने, भिडियोमा राजीभ समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ तथा, भिएफएक्स रहेको छ ।
यस्तो छ भिडियो

https://www.youtube.com/watch?time_continue=18&v=wEdqCMPu5PM

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७