तीन बर्षमा पनि हुन सकेन तुईन विस्थापन


२ बैशाख २०७६, सोमबार
tuin

काठमाडौं, २ बैशाख : केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा एक बर्षभित्र तुईन प्रतिस्थापन गरी झोलुंगे पुल निर्माण गरिसक्ने निर्णय गरेका थिए ।

धेरै दुर्गम गाउँमा बालबालिकाहरु विद्यालय जानबाट बन्चित भएको र तुइनबाट जाँदा ज्यानै जाने गरेपछि ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ असोज २५ मा तुईन प्रतिस्थापन गरी झोलुंगेपुल निर्माण गर्ने निर्णय गरेका थिए । एक बर्षभित्र तुईन विस्थापन गर्ने भनिएकोमा ३ बर्ष बितिसक्दा पनि हुन सकेको छैन ।

tuin

तुईन भएको स्थानमा झोलुङ्गेपुल निर्माण गरी जनतालाई सुरक्षित, भरपर्दो र स्तरीय तरितराउको सेवा उपलब्ध गराउने अभिप्रायले तुईन प्रतिस्थापन कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।

महालेखा परीक्षकको प्रतिवेदन २०७५ का अनुसार नेपालभर १ सय ८७ तुइन प्रतिस्थापन गर्न स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले सम्भाव्यता अध्ययन गरेकोमा तुईन भएका १३५ स्थानमा झोलुङ्गेपुल निर्माण गर्नुपर्नेमा हालसम्म १०६ झोलुङ्गेपुलको निर्माण सम्पन्न भई २४ निर्माणाधीन रहेका छन् ।

निर्माणाधीन र शुरु नै नभएका झोलुङ्गेपुलको निर्माण कार्य सम्पन्न गर्न थप प्रयास हुनुपर्दछ । डोलिडार अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले झोलुंगेपुल निर्माणको काम गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७