२०१९ विश्वकप खेल्ने भारतीय टोलीको घोषणा


२ बैशाख २०७६, सोमबार
D4L3Iq9WsAAZ79J

काठमाडौं २ बैशाख । आगामी मे ३० तारिकबाट इंग्ल्याण्ड र वेल्समा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट २०१९ का लागि भारतले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ।

सोमबार घोषित भारतीय टोलीमा रिसभ पन्त र अम्बाती रायडूले आफ्नो स्थान बनाउन सकेनन्। विराट कोहलीको कप्तानीमा घोषित भारतीय टोलीको उपकप्तान रोहित शर्मा छन् । जारी इन्डियन प्रिमियर लिगमा राम्रो लयमा रहेका रिसभ पन्तले अन्तिम १५ मा स्थान बनाउने अपेक्षा गरिएपनि पन्तको स्थानमा दिनेश कार्तिकलाई टोलीमा लिइएको टिम चयनकर्ता एमएसके प्रसादले बताए।

यस्तै पछिल्लो केहि समय यता भारतीय टोलीको मध्यक्रममा ब्याटिंग गरिरहेका अम्बाती रायडूले समेत अन्तिम १५ मा स्थान बनाउन सकेनन्। रायडूको स्थानमा टोलीले विजय शंकरलाई छनोट गरेको हो । टोलीमा रिशव पन्त र अम्बाती रायडू अटाएनन् तर, केएल राहुल, दिनेश कार्तिक र विजय शंकर १५ सदस्यीय टोलीमा परेका छन् ।

यस्तै शिखर धवन, महेन्द्रसिंह धोनी, युजवेन्द्र चहल, रविन्द्र जडेजा, मोहम्मद शमी, केदार जाधव, कुलदीप यादव, हार्दिक पाण्डेय, जसप्रीत बुमराह र भुवनेश्वरकुमार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७