एनसीसी बैंकले ल्याए नेपाली नागरिक बचत खाता सञ्चालन


२ बैशाख २०७६, सोमबार
NCC Bank


काठमाडौं,बैशाख २ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

NCC Bank

नेपाल सरकारको ‘समृद्धिसँग जोडौ नाता : सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’लाई पूर्ण सफल बनाउनको लागि सो बैंकले उक्त अभियान सञ्चालनमा ल्याएको हो ।

२०७६ वैशाख १ गते देखि लागू हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले आफ्नै तर्फबाट १ सय खातामा जम्मा गरिदिने जनाएको छ । बैंकको मुलुकभर १२२ वटा शाखा र ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७