२० हजार घुस लिंदा जागिर चट्


२ बैशाख २०७६, सोमबार
ciaa

काठमाडौं, २ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिंदालिंदै दैनिकजसो कर्मचारी पक्राउ गर्दा पनि घुस लिने क्रम रोकिन सकेको छैन । सोमबार मात्रै काठमाडौंको चन्द्रागिरी नगरपालिकाको कार्यालय बलम्बुमा कार्यरत लेखाअधिकृत प्रकाशचन्द्र भट्टराई २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

ciaa

सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिदालिंदै उनलाई अख्तियारबाट खटिएको टोलीले पक्राउ गरेको थियो । लेखाअधिकृत भट्टराईमाथि अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७