दराजबाट टिभीएसका बाईक र स्कुटर किन्दा १० हजार छुट


२ बैशाख २०७६, सोमबार
1555329236TVS and DARAZ

काठमाडौं, २ बैशाख । दराज अनलाईनबाट टिभीएसका मोटरसाईकल र स्कुटरहरु खरिद गर्न सकिने भएको छ।

1555329236TVS and DARAZ

जगदम्बा मोटर्सका भाईस प्रेसिडेन्ट दिपक अग्रवाल र दराज अनलाईनका व्यवस्थापकीय निर्देशक लिनो एलेरिङ्बीच भएको सम्झैता अनुसार यो सेवा सुरु गरिएको हो।

नयाँ बर्षको सुरुवातमा ल्याईएको यस अफरमा काठमाडौंका ग्राहकले दराजबाट कुनै पनि टिभीएसका बाईक वा स्कुटर किन्दा १० हजार रुपैयाँको छुट पाउने छन।

सिमित अबधिको लागि दिईएको छुट योजना पहिलो १०० जनाका लागि मात्र लागू हुने जनाइएको छ। अनलाईन ब्यापारको माहोल राम्रो बन्दै गएकोले नेपालमा बाईकहरु पनि अनलाईनबाट किन्न पाउनु नैलो प्रयोग हुने कम्पनीको भनाइ छ।

जगदम्बा मोटर्स, दुई तथा तीन पाङग्रे सवारीको उत्पादक टिभीएस मोटर कम्पनीको नेपालभरिकै एकमात्र अधिकृत विक्रेता हो।नेपालमा वस्तु तथा सेवाको विद्युतीय कारोबार गर्ने दराज ग्रुप, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७