मुस्ताङ अपडेट : एमालेको क्लीन स्वीप, कांग्रेसको पत्तासाफ


२२ मंसिर २०७४, शुक्रबार
uml

काठमाडौं : पहिलो चरणको निर्वाचन अन्तर्गत गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुस्ताङ जिल्लामा नेकपा (एमाले)ले क्लीन स्वीप गरेकाे छ । एमालेले प्रतिनिधिसभा एक र प्रदेशसभा दुबै क्षेत्रमा विजय हासिल गरेको छ ।uml
मुस्ताङको प्रतिनिधिसभा सदस्यमा एमालेका प्रेमप्रसाद तुलाचन तीन हजार ५४४ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रोमी गौचन थकालीले तीन हजार २८१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी दिए ।
त्यस्तै, प्रदेशसभा १ (क)मा एमालेका इन्द्रधारा विष्ट एक हजार १६७ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी छिरिङधावा गुरुङले ६५७ मत ल्याएका थियो ।
यसैगरी, प्रदेशसभा १ ९ख०मा एमालेकै महेन्द्रबहादुर थकालीले दुई हजार ५८४ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका छिरिङ गुरुङले दुई हजार २५९ मत प्राप्त गरेको थियो ।
नौ हजार ४२७ मतदाता रहेको मुस्ताङमा ६ हजार ७१४ मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७