गोरखा–२मा नारायणकाजीलाई बाबुरामले फराकिलाे अन्तरले छाेडे


प्रकाशित मिति : December 8, 2017

गोरखा : सर्वाधिक चर्चा र चासोका रुपमा रहेको गोरखा क्षेत्र २ को नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार डा. बाबुराम भट्टराईले अग्रता लिएका छन् ।
धमाधम मतगणना भइरहेको यहाँ पछिल्लो विवरण अनुसार लोकतान्त्रिक गठबन्धबाट उम्मेदवार बनेका  भट्टराईले फराकिलाे अग्रता लिएका  हाे ।
पछिल्लो विवरण अनुसार भट्टराईले ६८७३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी वाम गठबन्धनका माओवादी उम्मदेवार यतिबेला पछाडि धकेलिएका छन् ।
शुरुवाती अग्रता लिएका श्रेष्ठले  ५५४२ मत प्राप्त गरेका छन् । यो मतको अन्तर ११ सय बढी हो ।

प्रतिक्रिया दिनुहोस्