सरकारविरुद्ध मोर्चाबन्दी गरिएको कार्यक्रममा मन्त्री नै सहभागी भएपछि


३ बैशाख २०७६, मंगलवार
upendra yadav

काठमाडौं, ३ बैशाख । सरकारमा सहभागी संघीय समाजवादी फोरम नेपाल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघसहितका ११ विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा सहभागी मात्र होइन, आयोजक नै रहेको खुलासा भएको छ ।

upendra yadav

फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालय सम्हालिरहेका छन् । सहरी विकास मन्त्रालयमा उनको पार्टीका नेता इस्तियाक राई छन् । फोरम एकातिर सरकारमा सहभागी छ अर्कोतिर उनको पार्टीका नेता भीम राई र संघीय समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राईले गएको चैत २९ मा नेपाली कांग्रेस निकट नेविसंघसहित ११ विद्यार्थी संगठनको कार्यक्रममा सहभागी थिए । र, उनीहरुले कार्यक्रममा सरकारको चर्को आलोचना गरेका थिए ।

upendra

११ विद्यार्थी संगठनले सयुक्त रुपमा ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी’ गरेका थिए । जुन गोष्ठीको आयोजकमा फोरम निकट विद्यार्थी संगठन पनि रहेको नेविसंघका पूर्वउपाध्यक्ष तथा कार्यक्रमका मुख्य आयोजक ऋषिकेशजंग शाहले बताएका छन् । शाहले भने–‘अध्यक्ष उपेन्द्र यादवसँग अनुमति लिएरै आयोजककै रुपमा फोरम निकट विद्यार्थी संगठनलाई राखिएको हो ।’


सरकारमै बसेर सरकारको विरोध गर्ने कार्य फोरमले गरेको छ । फोरमका नेता भीम राई र विद्यार्थी नेता राईले उक्त कार्यक्रममा ओली सरकारको तिखो आलोचना गरेका थिए ।
राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा सबै सत्ताबाहिरका पार्टी र विद्यार्थी संगठन थिए । तर सरकारमै सहभागी पार्टीबाट फोरम सहभागी थियो । राजनीतिक दल प्रमुख नेताहरु राष्ट्रिय सभागृहमा भेला भए ।

उक्त कार्यक्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, नेकपा मालेका महासचिव सीपी मैनाली, नयाँशक्ति पार्टीका प्रवक्ता डम्बर खतिवडा, माओवादी केन्द्रमा अध्यक्ष गोपाल किराँती, पूर्ववाइसीएल नेता चन्द्रबहादुर थापा र नेकपाका नेता ऋषि कट्टेल लगायतका नेता थिए । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा र विद्यार्थीहरुलाई आह्वान गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७