भाेजपुर अपडेट : वाम गठबन्धनकाे फराकिलाे अग्रता जारी


२२ मंसिर २०७४, शुक्रबार
Rajendra serdhan 1 1

भोजपुर :   भोजपुरमा वाम गगठबन्धनकाे  अग्रता जारी रहेकाे छ । अहिलेसम्म प्रतिनिधि सभामा वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किराँतीले एक हजार मतले अग्रता लिइरहेका छन् । उनले ३५८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी उमेशजंग रायमाझीले २७६६ मत प्राप्त गरेका छन् ।Rajendra serdhan 1 1
त्यस्तै प्रदेश सभा (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार राजेन्द्र कुमार राईले  अग्रता बढाउँदै लगेकाे छन् ।  उनले ३०७९ मत ल्याउँदा उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका अजम्बर राई काङमाङले १८३८ मत प्राप्त गरेका छन् । एमाले

उता प्रदेश सभा (ख) मा भने एमाले उम्मेदवार शेरधन राईकाे भने फराकिलाे अन्तरले अग्रता हासिल गरेका छन् । उनले ८३२७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर कार्कीले २८९७ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७