नेपाली बजारमा भित्रियो ‘डेष्टिनी १२५’ स्कूटर, यस्तो छ मूल्य र सुविधा


३ बैशाख २०७६, मंगलवार
Hero Duet

काठमाडौं, ३ बैसाख । अहिलेको व्यस्त समाजमा सवारी साधन अपरिहार्य बन्दै गइरहेको छ । यसैले त विभिन्न कम्पनीले उपभोक्ताको रोजाइ र खोजाइलाई ध्यान दिंदै विभिन्न खालका सवारी साधनहरु बजारमा ल्याउन प्रतिष्पर्धा जस्तो नै गरिरहेका छन् ।

Hero Duet

यसै सन्दर्भमा नेपाली बजारमा आई थ्री एस प्रविधिसहितको फेमिली स्कूटर ‘डेस्टिनी १२५’ भित्रिएको छ । हिरो मोटरकर्प लिमिटेडले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १२५ लञ्च गरेको हो ।

ग्राहकको चाहनालाई ध्यानमा राखेर सो प्रविधि जडित डेष्टिनी १२५ स्कूटर नेपालमा पनि ल्याइएको कम्पनीका प्रमुख रजत भागर्भले जानकारी दिए । अत्याधुनिक प्रविधियुक्त सो स्कूटर नेपाली बजारमा उपयोगी हुने कम्पनीको विश्वास छ ।

डेष्टिनी १२५ स्कूटरको मूल्य भ्याटसहित २ लाख ६ हजार राखिएको छ । भारतीय बजारमा बिक्री खुला गरिएको सो स्कूटरको लोकप्रियता बढेर गएकाले नेपालमा पनि त्यसलाई भित्र्याएको दावी गरिएको छ । सो स्कूटरमा बाहिरैबाट इन्धन भर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाईल चार्ज गर्न मिल्नेलगायतका विशेष सुविधाहरु पनि रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७