टिक टकलाई एप स्टोरबाट हटाउन सरकारको आग्रह


३ बैशाख २०७६, मंगलवार
TikTok app

काठमाडौं, ३ बैसाख । गुगल र एप्पललाई उनीहरुको एप स्टोरबाट ‘टिक टक’ हटाउन भारत सरकारले आग्रह गरेको छ ।

TikTok app

मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलिपल्ट सरकारले गुगल र एप्पललाई आग्रह गरेको हो ।
भारतको सूचना तथा प्रविधि मन्त्रालयले गरेको आग्रह मानेर गुगल र एप्पले एप झिकेको खण्डमा भारतमा टिकटकलाई ठूलो धक्का लाग्नेछ । पहिल्यै यो एप डाउनलोड गरेकाहरुले भने चलाउन सक्नेछन् । तर, नयाँ डाउनलोड गर्न सकिने छैन ।

‘उच्च अदालतले सरकारलाई टिकटक डाउनलोड गर्न प्रतिवन्ध लगाउन अनुरोध गरेको थियो । मन्त्रालयले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट यसलाई झिक्न अनुरोध गरेको छ । हाम्रो अनुरोध स्वीकार्ने वा अस्वीकार गर्ने उनीहरुको हातमा छ,’ मन्त्रालयका एक अधिकारीले इकोनोमिक टाइम्सलाई भनेका छन् ।

मद्रास उच्च अदालतले टिकटकले भारतमा अश्लिलता फैलाइरहेको दावी गरेको थियो । साथै भारतीय युवाहरुले यस एपमार्फत भारतीय राजनीतिज्ञहरुको बिल्ला गरिरहेको भनेर तामिलनाडुको संसदमा कुरा उठेको थियो ।

गत साता टिकटकको चिनीया मालिक बाइटडान्सले ६० लाख वटा अनुचित खालका भिडियोहरु हटाएको जानकारी दिएको थियो । तर, तेस्रो पक्षले अपलोड गर्ने भिडियोमा कम्पनी जिम्मेवार नहुने उसको भनाई छ ।

मद्रास सरकारको निर्देशनका विरुद्ध कम्पनीले सर्वोच्चमा पुनरावेदन दिएको थियो । जसमा सर्वोच्चले टिकटकलाई प्रतिवन्ध गर्नु नपर्ने आदेश गर्‍यो ।

टिकटक गत वर्ष विश्वभरी सर्बाधिक संख्यामा डाउनलोड भएको एप हो । भारतमा यसका करोडौं प्रयोगकर्ता छन् । गत मार्चमा मात्रैआठ करोड ८६ लाख भारतीय प्रयोगकर्ता थपिएको एक अध्ययनले देखाएको छ । भारतले गरेको आग्रहमा गुगल र एप्पले प्रतिक्रिया दिएका छैनन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७