सुजुकी फोर ह्वीलर ‘वागन आर’ नेपाली बजारमा


३ बैशाख २०७६, मंगलवार
ev wagon R

काठमाडौं,बैशाख ३ । सुजुकी फोर ह्वीलरको तेस्रो पुस्ताको ‘वागन आर’ गाडी बजारमा आएको छ।

ev wagon R

सुजुकी फोर ह्वीलरको नेपालका लागि आधिकारिक वितरक सिजी मोटोकर्प तथा अटोमेटिभ डिभिजन अफ सिजी होल्डिङसले गाडी भित्र्याएको हो।
नयाँ ठूलो वागन आरको बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्रभावित गर्ने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार सुधारिएको स्पेस, कम्फोर्ट, नयाँ जमानाको इन्फोटेनमेन्ट सिस्टम तथा अत्याधुनिक के सिरिज इन्जिनले इन्धन किफायत गर्नुको साथै गाडी चलाउँदा छुट्टै जीवन्त अनुभवन हुनेछ ।

५ औं पुस्ताको हर्टेच प्लाटफर्ममा निर्माण गरिएको नयाँ वागन आरले प्रभावकारी सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ।यो गाडीमा ४० प्रतिशत उच्च टेन्सिल स्टिलको प्रयोग भएको हुँदा यो आफैमा बलियो, सुरक्षित(आवाज, थर्कावट र हार्सनेश कम)छ।

उच्च कार्यप्रदर्शनको लागि यसमा १।० एल तथा नयाँ ठूलो वागन आरमा शक्तिशाली १.२ एल को इन्जिन रहेको छ। यसले २१।५ किलोमिटर प्रति लिटर तथा २.५ किमी प्रति लिटर यात्रा गर्न सकिन्छ।

नयाँ वागनआरमा बलियो, आकर्षक, वस्नको लागि धेरै ठाउँ, स्मार्टप्ले स्टुडियो र प्लाटफर्म जस्ता विशेषताहरुले गर्दा यो नेपाली परिवारको लागि विशेष छनौटका रुपमा रहने सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले बताए। सुजुकीले नयाँ ठूलो वागनआर विकास गर्न करिव ६७० करोड लगानी गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७