अन्ततः टिकटक बन्द, १२ करोड प्रयोगकर्ता प्रभावित


४ बैशाख २०७६, बुधबार
TikTok app

काठमाडौं, ४ बैसाख । युवापुस्तामा लोकप्रिय भिडियो एप टिकटक भारतमा बन्द गरिएको छ । भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाई दिएका छन् ।

TikTok app

यसको अर्थ टिकटकलाई अवैध बनाइएको भने होइन । पहिल्यै आफ्नो मोबाइलमा यो एप हुनेहरुले प्रयोग गर्न सक्छन् । तर, नयाँ प्रयोगकर्ताले डाउनलोड गर्न सक्ने छैनन् । मद्रास उच्च अदालतले भारत सरकारलाई यो एपमाथि प्रतिवन्ध लगाउने आदेश दिएको थियो । यो एपले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको अदालतको जिकिर थियो ।

त्यस लगत्तै सूचना तथा प्रविधि मन्त्रालयले गुगल र एप्पललाई प्ले स्टोरबाट टिकटक हटाउन अनुरोध गरेको थियो । त्यस बमोजिम दुवै कम्पनीले कदम चालेका हुन् । मद्रास उच्च अदालतको आदेशविरुद्ध एपको मालिक चिनियाँ कम्पनी बाइटडान्स सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

तर, सर्वोच्चले पनि उच्च अदालतको आदेशसलाई सदर गर्‍यो । भारतमा टिकटकका १२ करोडभन्दा बढि प्रयोगकर्ता छन् । यसले खासगरी युवतीहरुलाई आकर्षित गरिरहेको छ ।
बंगलादेशमा पनि टिकटक प्रतिवन्धित छ भने अमेरिकामा बालबालिकाहरुको सूचना अवैधरुपमा संकलन गरेको भनेर कम्पनीलाई जरिवाना गराइएको थियो ।

तर, केही विश्लेषकले भने चिनियाँ कम्पनीको उत्पादन आफ्नो देशमा अत्याधिक लोकप्रिय हुँदा भारत सरकारले त्यसलाई सहन नसकेको टिप्पणी गरेका छन् । मद्रास उच्च अदालतमा यो टिकटकमाथिको मुद्दाको अर्को सुनुवाई २२ अप्रिलमा हुनेछ । विश्वभर टिकटकका ५० करोडभन्दा बढि प्रयोगकर्ता छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७