कांग्रेसको बिजोग ! ३७ सिटमध्ये ४ सीटमा मात्रै अग्रता,कहाँ कसको अग्रता ?


२२ मंसिर २०७४, शुक्रबार
neta

काठमाडौं: पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये वामपन्थी गठबन्धनले २९ सिटमा अग्रता लिइरहेको छ । कांग्रेस ४ सिटमा मात्रै अगाडि देखिएको छ ।neta

मतगणना सकिएका तीन निर्वाचन क्षेत्रमध्ये एमालेले मनाङ र मुस्ताङमा बिजय हासिल गरिसकेको छ । माओवादीले पूर्वी रुकुममा बिजय हासिल गरेको छ ।

मतगणना भइरहेका रसुवा, हुम्ला, मुगु र बाजुरामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । गोरखा २ मा नयाँ शक्तिको अग्रता छ । गणनाका क्रममा कांग्रेसको स्थितिमा सुधार देखिएन भने उसको पराजय अपमानजनक हुने संकेत देखिएको छ ।

पहिलो चरणको गणनामा यस्तो देखिएको छ कि प्रत्यक्षतर्फ नेपाली कांग्रेस माओवादी केन्द्रभन्दा पछाडि देखिएको छ ।

कहाँ–कहाँ कसको अग्रता ?

पहिलो चरणमा हटसीट मानिएका क्षेत्रमध्ये गोरखा २ मा नयाँ शक्ति पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पछि पार्दै अग्रता लिएका छन् । त्यहाँ दुई नेताबीच तीब्र प्रतिस्पर्धा छ ।

त्यस्तै नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट फराकिलो मतान्तरसहित अगाडि छन् । कांग्रेस नेता बलबहादुर केसी सोलुखुम्बुमा ४ हजार मतले पछि परेका छन् ।

ओखलढुंगामा दुई चर्चित युवा नेता एमालेका यज्ञराज सुनुवार र कांग्रेसका रामहरी खतिवडाको प्रतिस्पर्धामा सुनुवारले एक हजार मतको अग्रता लिइरहेका छन् ।

सिन्धुपाल्चोक १ मा माओवादी नेता अग्नि सापकोटा कांग्रेस नेता सन्चारमन्त्री मोहनवहादुर बस्नेतभन्दा दोब्बर मतले अगाडि छन् ।

सिन्धुपाल्चोक ३ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शसमेरलाई एमालेका शेरवहादुर तामाङले पछि पारेका छन् ।

नुवाकोटमा कांग्रेसका दुई प्रभावशाली नेता रामशरण महत र अर्जुन नरसिंह केसी मतगणना चलिरहदा पछाडि परेका छन् ।

केसीलाई एमालेका नारायण खतिवडाले पछि पारेका छन् भने महतलाई माओवदाीका हितवहादुर तामाङले पछि पारेका छन् ।

लम्जुङमा कांग्रेसका दिलवहादुर घर्तीको शुरुदेखिको अग्रता तोडेर माओवादीका देव गुरुङ अघि बढेका छन् ।

मतगणना भइरहेका ३४ निर्वाचन क्षेत्रमध्ये एमालेले १८ स्थानमा अग्रता लिएको छ । माओवादीले ११ सिटमा अग्रता लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७