सस्तियो सुन, बजारमा यस्तो छ सुनको भाउ


४ बैशाख २०७६, बुधबार
gold

काठमाडौं, ४ बैसाख । के तपाई सुन किन्ने सोंचमा हुनुहुन्छ ? यदि हो भने अहिले सुन सस्तिएको बेला उत्तम मौका रहेको छ । यो साता सुनको मूल्य १ हजार रुपैयाँ घटेको छ ।

gold

चैत २६ गते ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजोको तुलनामा सुन ३ सय रुपैयाँ घटेको हो । हिजो प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

चाँदी यो साता १५ रुपैयाँ घटेको छ । एक साता अगाडि ७ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्ले दिनको तुलनामा ५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७