एनआईसी एशिया बैंकका सेवाग्राहीलाई हरिसिद्धी अस्पतालमा उपचारमा छुट


४ बैशाख २०७६, बुधबार
nic

काठमाडौं, ४ बैसाख । एनआइसी एशिया बैंकका सेवाग्राहीले अब नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारमा छुट पाउने भएका छन् ।

nic

एनआईसी एशिया बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पताल हरिसिद्घीबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहक वर्गहरुलाई अस्पतालको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

nic 1 1

सुलभ सेवा र भरपर्दो सेवाका कारण एनआइसी एशिया बैंकले आम नागरिकको मन जितिरहेको छ । जसका कारण बैंकले अहिले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखारहित बैंकिङ्ग इकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

मुलुककै सबैभन्दा धेरै शाखा सञ्जाल भएको एनआइसी एशिया को करीब १५ लाख ग्राहक छन् । बैंकको प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको सूचना अधिकृत अर्नुन राजखनियाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७