पेरुका पूर्व राष्ट्रपति गार्सियाद्वारा आफैंले आफैलाई गोली हानी आत्महत्या


५ बैशाख २०७६, बिहीबार
peru

काठमाडौं, ५ बैसाख । पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले आफैले आफूलाई गोली हानी आत्महत्या गरेका छन् ।

peru

घुस लिएको आरोपमा पक्राउ गर्न निवासमा प्रहरी पुगेपछि उनले गोली हानी आत्महत्या गरेका हुन । आफैलाई गोली हानेपछि उनलाई राजधानी लिमास्थित अस्पताल पुर्‍याइएको थियो ।

बहालवाला राष्ट्रपति मार्टिन भिस्काराले उनको मृत्यु भएको पुष्टि गरेका छन् । घटना भएको थाहा पाएपछि उनका समर्थकहरू अस्पताल बाहिर जम्मा भएका थिए । प्रहरीले उनीहरूलाई अगाडि बढ्नबाट रोक्दै फर्काएको थियो । गार्सियामाथि ब्राजिलको निर्माण कम्पनी ओडुब्रेस्टबाट घुस लिएको आरोप लाग्दै आएको थियो ।

तर उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका थिए । यही आरोपमा प्रहरीले गार्सियालाई पक्राउ गर्न गएको थियो । गृह मन्त्री कार्लोस मोरनका अनुसार प्रहरीले पक्राउ गर्न जाँदा उनले फोन गर्छु भन्दै कोठामा पसेर ढोका बन्द गरेका थिए ।

त्यसको केही समयमै गोली चलेको आवाज आएको र प्रहरीले ढोका फोरेर हेर्दा उनले आफ्नो टाउकोमा गोली हानेको अवस्थामा भेटिएको गृहमन्त्रीले जनाएका छन् ।

गार्सियाले सन् १९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म राष्ट्रपतिको पद सम्हालेका थिए । राष्ट्रपति विजकारले एक ट्वीट गर्दै पूर्व राष्ट्रपतिको निधनले आफूलाई धक्का लागेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७