भाेजपुर अपडेट : वाम गठबन्धनले अग्रता बढाउँदै, शेरधनलार्इ ५९५४ मतकाे अग्रता
भोजपुर : भोजपुरमा वाम गगठबन्धनले ११ बजेसम्मकाे मतपरिणाम अनुसार अग्रता बढाउँदै लगेकाे छ । अहिलेसम्म प्रतिनिधि सभामा वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किराँतीले एक हजार मतले अग्रता लिइरहेका छन् । उनले ६०९४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी लाेकतान्त्रिक गठबन्धनका उमेशजंग रायमाझीले ४१९६ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेश सभा (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार राजेन्द्र कुमार राईले अग्रता बढाउँदै लगेकाे छन् । उनले ३६३१मत ल्याउँदा उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका अजम्बर राई काङमाङले २१९६ मत प्राप्त गरेका छन् । एमाले
उता प्रदेश सभा (ख) मा भने एमाले उम्मेदवार शेरधन राईकाे भने फराकिलाे अन्तरले अग्रता हासिल गरेका छन् । उनले ८९७२ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर कार्कीले ३०१८ मत ल्याएका छन् ।