भारतकाे १२ राज्यमा दोस्रो चरणको मतदान चल्दै, ९५ सिटमा ५९६ प्रत्यासी


५ बैशाख २०७६, बिहीबार
india

काठमाडौं, ५ बैसाख । भारतमा लोकसभा निर्वाचन अन्तर्गत बिहीबार दोस्रो चरणको मतदान शुरु भइसकेको छ । भारतका १२ राज्यका ९५ सिटका लागि मतदान भइरहेको छ ।

india

सात चरणमा निर्वाचन गर्ने कार्यतालिका अनुसार बिहीबार दोस्रो चरणअन्तर्गतका क्षेत्रमा मतदान भएको हो । स्थानीय समयअनुसार बिहान ७ बजेबाट मतदान शुरु भएको छ । भारतको निर्वाचन आयोगका अनुसार ९५ सिटका लागि एक हजार पाँच सय ९६ प्रत्यासी चुनाव मैदानमा छन् ।

उडिसा र असमका पाँच–पाँच क्षेत्र, तमिलनाडुका ३८, कर्नाटकका १४, महाराष्ट्रका १०, छत्तीसगढ र पश्चिम बंगालका तीन–तीन, जम्मु कश्मीरका दुई तथा मणिपुर र पण्डुचेरीका एक–एक सिटका लागि बिहीबार मतदान हुँदैछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७