‘पसिना’ मा गौरव शिक्षक, अनु पत्रकार (हेर्नुस् ट्रेलर)


५ बैशाख २०७६, बिहीबार
Gaurav Pahari Anu Shah 3

काठमाडौं, ५ बैसाख । यही बैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको मजदुरहरुको कथाव्यथामा निर्मित फिल्म ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ ।

Gaurav Pahari Anu Shah 3

बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा मजदुरहरुले भोग्नु परेको समस्यालाई देखाउन खोजिरहेको छ । आर.बि. खत्री ‘शरद’ ले फिल्म निर्देशन गरेका हुन् ।
फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेता गौरव पहारी शिक्षक र अभिनेत्री अनु शाह पत्रकारको भूमिकामा देखिएका छन् ।

दुईले एकसाथ स्क्रिन साझेदारी गरेको यो पहिलो फिल्म हो । फिल्ममा अभिनेता सरोज खनाल पुलिस अफिसरको भूमिकामा छन् । रवि गिरी, ध्रुव कोइराला, शारदा गिरीलगायतका कलाकारको पनि फिल्ममा अभिनय रहेको छ ।

‘पसिना’ मा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । निर्देशक खत्रीको कथा रहेको फिल्मको निर्माता शान्ता ढकाल हुन् । भने, कार्यकारी निर्माता सञ्जय महत्तो हुन् । यस फिल्मलाई राम केसीले खिचेका हुन् ।
हेर्नुस् ट्रेलर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७