ताइवानमा ६.७ म्याग्नेच्युडको भूकम्प, मानिस घर छाडेर सडकमा


५ बैशाख २०७६, बिहीबार
taiwan earthquake

काठमाडौं, ५ बैसाख । ताइवानमा बिहीबार दिउँसो ६.७ म्याग्नेच्युडको भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार दिउँसो १ बजेर १ मिनेट जाँदा भूकम्प गएको हो ।

taiwan earthquake

हुवालिएन प्रान्तमा केन्द्रबिन्दु भएको भूकम्पले राजधानी ताइपेईमा धक्का महसुस भएको थियो ।
भूकम्पपछि मानिसहरू घर छोडेर सडकमा आएका छन् ।

road

ताइपेईको भूमिगत रेल बन्द गरिएको छ । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । शुरूमा ६.१ मा म्याग्निच्युडको भनिए पनि पछि त्यो सच्याएर ६.७ बनाइएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७