‘ठगी’ को समाचार लेख्दा पक्राउ परेका सम्पादक गिरी रिहा


५ बैशाख २०७६, बिहीबार
Arjun Giri 1

काठमाडौं, ६ वैशाख : ठगीको समाचार लेखेकै कारण पक्राउ परेका पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ‘ताण्डवन्युज डटकम’का सम्पादक अर्जुन गिरी साधरण तारेखमा रिहा भएका छन् ।

Arjun Giri 1

साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो ।प्रहरीले साइबर अपराध मुद्धामा पक्राउ गरी कास्कीबाट गत २ वैशाखमा काठमाडौं ल्याएको थियो ।

गिरीले गत चैत २२ गते शुक्रबार ठग बिपेन्द्रराज बतास शिर्षकमा ताण्डब न्युजमा समाचार लेखेका थिए । पोखराका ब्यवसायिहरु जनकराज पहारी र मनोज श्रेष्ठ जिप्रका कास्कीमा जाहेरी दिन पुगेको बेला उनीहरु दुबैलाई उदृत गर्दै गिरीले समाचार लेखेका थिए । प्रहरीकोमा जाहेरी दिएका पहारीले २ करोड २५ लाख र मनोज श्रेष्ठले २ करोड ९८ लाख ठगी गरेको दाबी पेस गरेका छन् ।

त्यही समाचार लेखेको भन्दै बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए । सम्पादक गिरीको अनलाइन ‘ताण्डवन्युज डटकम’ प्रेस काउन्सिल नेपालमा दर्ता नभएको गलत सूचना दिएपछि सिआइबीले मुद्दा दर्ता गरेको थियो ।

गलत सूचना गएको स्वीकार गर्दै काउन्सिलले माफी समेत मागेको छ । गिरी पक्राउ परेसँगै नेपाल पत्रकार महासंघको नेतृत्वमा देशभरका पत्रकारहरु आन्दोलित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७