पत्रकार पक्राउको बिरोधमा देशभरका जिल्ला प्रशासनमा धर्ना (फोटो फिचर)


५ बैशाख २०७६, बिहीबार
Kaski

काठमाडौं, ६ वैशाख : पत्रकार पक्राउको बिरोधमा देशभरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । नेपाल पत्रकार महासंघको आह्रवान र अगुवाईमा देशभरका पत्रकारहरुले विहिबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् ।

ठगीको समाचार लेखेकै कारण पक्राउ परेका पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ‘ताण्डवन्युज डटकम’का सम्पादक अर्जुन गिरी पक्राउ परेपछि पत्रकारहरु आन्दोलित बनेका हुन् । गिरीले गत चैत २२ गते शुक्रबार ठग बिपेन्द्रराज बतास शिर्षकमा ताण्डब न्युजमा समाचार लेखेका थिए ।

पोखराका ब्यवसायिहरु जनकराज पहारी र मनोज श्रेष्ठ जिप्रका कास्कीमा जाहेरी दिन पुगेको बेला उनीहरु दुबैलाई उदृत गर्दै गिरीले समाचार लेखेका थिए । प्रहरीकोमा जाहेरी दिएका पहारीले २ करोड २५ लाख र मनोज श्रेष्ठले २ करोड ९८ लाख ठगी गरेको दाबी पेस गरेका छन् ।

त्यही समाचार लेखेको भन्दै बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए । त्यही मुद्दाका आधारमा सम्पादक गिरीलाई २ वैशाखमा पक्राउ गरिएको थियो ।

सम्पादक गिरीको अनलाइन ‘ताण्डवन्युज डटकम’ प्रेस काउन्सिल नेपालमा दर्ता नभएको गलत सूचना दिएपछि सिआइबीले मुद्दा दर्ता गरेको थियो । गलत सूचना गएको स्वीकार गर्दै काउन्सिलले माफी समेत मागेको छ । महासंघले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेज नभएसम्म आन्दोलन जारी रहने जनाएको छ ।

FNJ Ktm
Kathamandu

गलत सूचना गएको स्वीकार गर्दै काउन्सिलले माफी समेत मागेको छ । गिरी पक्राउ परेसँगै नेपाल पत्रकार महासंघको नेतृत्वमा देशभरका पत्रकारहरु आन्दोलित भएका थिए ।

यो पनि

‘ठगी’ को समाचार लेख्दा पक्राउ परेका सम्पादक गिरी रिहा

‘ठगी’ को समाचार लेख्दा सम्पादक गिरी पक्राउ


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७