ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता ४० प्रतिशतसले वृद्धि, कसलाई कति भत्ता ?


५ बैशाख २०७६, बिहीबार
nepal police newskarobar

काठमाडौं,वैशाख ५ । सरकारले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ लाई स्वीकृत गरेको छ ।

गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको जानकारी दिए ।

ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताका विषयमा गृह मन्त्रालयका प्रस्ताव लगेका थिए।

प्रहरी प्रधान कार्यालयबाट सो प्रस्ताव आएपछि गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषद बैठकमा सोही प्रस्ताव लगेका थिए। धुवाँ धुलोमा दिनरात नभनि काम भइरहेका ट्राफिक प्रहरीहरुलाई यस प्रकारको कामले मनोवल उच्च हुने प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए।

ुसर्वेन्द्र खनाल आइजिपीमा नियुक्त भएपछि यसलाई गहन रुपमा अध्ययन गरेर हामीले गृहमा प्रस्ताव लगेका थियौ, ुसुवेदीले भने। खनाल आइजिपी हुनुभन्दा अघि महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख भइ काम गरेका थिए।

ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता अबदेखि आउने भएपछि ट्राफिक प्रहरी खुसी भएका छन् । यसअघि ट्राफिक प्रहरीले चिट काटे वापत पाउँदै आएको भत्ता र यो भत्तामा नै फरक रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७