छुट्टाछुट्टै स्थापना दिवस मनाउँदै नेविसंघ

नेपाली कांग्रेसभित्रको अन्तर कलह छताछुल्ल


६ बैशाख २०७६, शुक्रबार
Sher Bahadur Krishna Prasad 2

काठमाडौं, ६ बैशाख । आज बैशाख ६ गते नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवस । आजभन्दा ४९ बर्षअघि नेविसंघको स्थापना भएको थियो ।

माउ पार्टी कांग्रेसभित्रको अन्तरकलहले गर्दा स्थापना दिवस पनि नेविसंघले एकै ठाउँ मनाउन नसक्ने परिस्थिति देखिएको छ ।

कांग्रेसभित्र गुटगत विवाद यति चर्केको छ कि नेपाल विद्यार्थी संघको स्थापना दिवससमेत अलग अलग मनाउनुपर्ने स्थिति निम्तिएको छ । संस्थापन पक्षले नेविसंघको स्थापना दिवस नमनाउने भएपछि नेता कृष्णप्रसाद सिटौला समूहले स्मार्ट क्याफे धुम्बाराहीमा शुक्रबार स्थापना दिवस कार्यक्रमको राख्यो । सिटौला समूहले स्थापना दिवस मनाउने निर्णय गर्नासाथ संस्थापन पक्षलाई दबाब पर्‍यो । र, संस्थापन पक्षले राष्ट्रियसभा गृहमा शुक्रबार स्थापना दिवस राखेको छ ।

sitaula samuha

सिटौला समूह निकट नेविसंघका नेता कुन्दनराज काफ्ले, रामप्रसाद अधिकारीहरुले स्थापना दिवस मनाउने भएपछि संस्थापन पक्षका ऋषिकेशजंग शाहहरुले पनि कार्यक्रम राख्न बाध्य भएका थिए । र, संस्थापनकै कार्यक्रममा रामचन्द्र पौडेल समूह पनि मिलेको छ ।

deuwa 1

पौडेल समूह पार्टी सभापति शेरबहादुर देउवासमक्ष आत्मसमर्पण गरी म्याग्दीमा तातोपानी नुहाउनेदेखि भागबण्डामा रमाएपछि सिटौलाले अलग गुटको अस्तित्व कायम राखिरहेका छन् । नेविसंघले शुक्रबार धुम्बाराहीमा आयोजना गरेको स्थापना दिवसको अध्यक्षता निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले गर्ने र कार्यक्रमका प्रमुख अतिथि पूर्वमहामन्त्री कुन्दनराज काफ्ले छन् । राष्ट्रियसभा गृहको कार्यक्रममा पार्टी सभापति देउवा प्रमुख अतिथि छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७