ओमान र युएईसँग एमओयू गर्न वार्ता, दुबै देशका मानव संशाधन अधिकारी आउँदै

मलेसियासँगको भन्दा उन्नत किसिमको ‘एमओयू’ हुने मन्त्रालयको दावी


६ बैशाख २०७६, शुक्रबार
uae

काठमाडौं, ६ वैशाख ६ । नेपालीहरुको रोजगार गन्तव्य ओमान र युएईसँग श्रम समझदारी (एमओयू) को मस्यौदाको छिट्टै चाँडै लगाइने भएको छ ।

यसका लागि आज दुबै देशका श्रम तथा मानव संशाधन अधिकारीसँग वार्ता हुँदैछ । वार्ताका लागि यी दुबै देशका अधिकारीलाई नेपाल बोलाई सकिएको जनाइएको छ । दुबै देशका प्राविधिक टोली अप्रिल महिनाभित्रै वा मे महिनाको पहिलो हप्तासम्म आईपुग्ने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सचिव महेश दाहालका अनुसार सम्भवतः यसै चरणको वार्तामार्फत दुबै देशसँग श्रम समझदारीको मस्यौदामा सहमति जुट्ने छ । ‘हामी यही वार्तामा सहमति जुटाउने प्रयत्न गर्नेछौं,’ उनले भने ।

मलेसियासँग भएको श्रम समझदारीभन्दा पनि उन्नत किसिमबाट एमओयू गर्ने गरी यी दुबै देशसँग एमओयूको मस्यौदा टुङ्ग्याउन प्रयत्न हुने मन्त्रालयको दावी छ । ‘शून्य लागतमा कामदार लैजाने र व्यवसायजन्य स्वास्थ्य सुरक्षाका कुरा हाम्रा प्रमुख मुद्दा हुन्’ मन्त्रालयको एक अधिकारी भन्छन्, ‘हामी एमओयूका लागि हाम्रा न्युनतम् अडानहरु के–के हुन् भन्ने कुरा स्पष्ट ढङ्गले राखेका छौं ।’

ओमान र युएईसँग दुई चरणमा श्रम समझदारीका लागि मस्यौदा आदान प्रदान भसकेको छ । पहिलो चरणमा युएई र ओमानले पठाएका मस्यौदामा नेपालले चाहेजस्ता विषय उल्लेख नभएकाले नेपाली टोली नै सोही देश पुगेर आफ्ना एजेण्डा स्पष्टसँग राखेको थियो ।

नेपालले यसअघि नै युएईसँग एमओयू गरेको छ, तर त्यो कामदारको हितमा छैन । अब त्यसलाई अन्तर्राष्ट्रिय रुपमा स्थापित श्रम अधिकारका सवालहरुलाई परिमार्जन गर्न दोस्रो चरणको वार्ता हुन लागेको हो ।

‘हामी ती देशमा कामदार पठाउने कुरालाई व्यवस्थित र मर्यादित मात्रै बनाउन चाहँदैनौं, त्यहाँ गएपछि हाम्रा कामदारको सुरक्षा कसरी हुन्छ भन्ने ग्यारेन्टी पनि लिन्छौं,’ मन्त्रालयका एक सहसचिवले भने ।

ओमानसँग भने यसअघि कुनै दुईपक्षीय समझदारी भएको छैन । यी देश जाने टोलीले श्रमिकको हक अधिकारलाई केन्द्रमा राखेर निःशुल्क भिसा प्रक्रिया तथा हवाई टिकट, राम्रो सेवा सुविधा, २४ घण्टे बिमा लगायतका मुद्दा समेटेर एमओयू गर्ने तयारी छ ।

सेवा सुविधा समयमै बैंक खातामै उल्पब्ध गराउनुपर्ने, न्यायमा पहुँच दिनुपर्ने, ठगी रोक्नुपर्ने लगायका विषयमा पनि नेपालले उठाएको छ । पहिलो चरणमा दुवै देशसँगको भएको वार्ता फलदायी भएकाले दोस्रो चरणको वार्ताबाट सबै विषयमा सहमति जुटाउने तयारी छ ।
एमओयू गर्दा श्रमिकलाई व्ययभार नपर्ने गरी आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी गर्ने दावी मन्त्रालयको छ । यसअघि नेपाली टोलीले माघ १३ र १४ गते ओमनसँग तथा माघ १६ र १७ गते यूएईसँग श्रम समझदारीबारे वार्ता गरेको थियो ।

पारदशी भर्ना प्रक्रिया, शून्य लागतमा श्रमिक लैजाने, श्रमिकको हितमा सम्बन्धित देश जवाफदेही हुनुपर्ने, न्यूनतम तलब सुविधाको ग्यारेन्टी गर्नुपर्ने, अन्तर्राष्ट्रिय श्रम सिद्धान्त, मूल्य मान्यता एवं मापदण्ड अनुसारको व्यवसहार गरिनुपर्ने, कार्यस्थलको वातारण कमदारमैत्री हुनुपर्ने लगायतका विषयलाई नेपालले जोडका साथ उठाएको छ ।

ओभरटाइम, दुर्घटनासहितको २४ घण्टे बीमा हुनुपर्ने, आफन्त बिरामी भएमा तथा गम्भीर घटना भएमा बिदा दिइनुपर्ने, महिला श्रमिकलाई विशेष व्यवहार गर्नुपर्ने, स्वास्थ्य जाँच र भिसा प्रक्रियामा सिन्डिकेट गर्न नहुने लगायतका विषय श्रम समझदारीमै राख्नुपर्ने प्रस्ताव नेपालको छ ।
श्रमिकलाई कुनै समस्या पर्दा न्यायमा सजिलो पहुँच दिइुनुपर्ने लगायतका विषयमा सकेत नेपालले अडान राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७