विवाह बन्धनमा बाँधिएकै मितिमा नायक आर्यन सिग्देललाई पुत्र लाभ


६ बैशाख २०७६, शुक्रबार
aryan 1

काठमाडौं, ६ वैशाख । चकलेटी नायक भनेर चिनिने आर्यन सिग्देललाई पुत्र लाभ भएको छ ।
बैसाख ६ गते नै विवाह बन्धनमा बाँधिएका आर्यन र सपना भण्डारीले सोही मितिमा नै पुत्र लाभ पाएका हुन् ।

aryan 1

निर्देशक अमरदीप सापकोटाले समाजिक सञ्जाल फेसबुकमा आर्यनले छोरो काखमा लिँदै गरेको तस्वीर सार्वजनिक गरेका छन् । चिरायु नेननल अस्पतालमा सपनाले २.९ केजी तौलको छोरा जन्माएकी हुन् । डाक्टर विनिता बस्नेतको टिमले उनको सिजेरियन डेलिभरी गराएको हो ।

baby

सफल कमब्याकको तयारीमा रहेका आर्यनको पछिल्लो फिल्म ‘कायरा’ हो । उनी अहिले सामतेन भुटिया निर्देशित ‘च च हुँई’ को सुटिङमा व्यस्त थिए । २०७१ मा आर्यन र सपनाले विवाह गरेका थिए । बुवा बनेका आर्यनलाई बधाई दिनेहरुको ओइरो छ । केहि समयअघि उनले आफू बाबु बन्न लागेको जनाऊ दिंदै श्रीमतीसँगको तस्विरहरु सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७