विप्लव नेकपाका नेता सूर्य भुजेललाई रिहा गर्न सर्वोच्चको आदेश


६ बैशाख २०७६, शुक्रबार
surya

काठमाठौं, ६ वैशाख । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता सूर्य भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको हो । भूजेललाई महानगरीय अपराध महाशाखाले ललितपुरको नख्खुस्थित एनसेल टावर लक्षित बम विष्फोट गराएको आरोपमा घटनाको तीन दिनपछि कलंकीबाट पक्राउ गरेको थियो ।

surya

महाशाखाले उनीमाथि कर्तव्य ज्यान र संगठित अपराध, विष्फोटक पदार्थ ऐनअन्तर्गतमुद्दा लगाएको थियो । भुजेलले नेकपाको उपत्यका कमाण्ड सम्हालिरहेका थिए । महाशाखाका अनुसार उनी नेपाली सेनाका भगौडा हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७