प्रअको यौन ‘कर्तुत’ खुलासा गरेकी छात्रालाई यसरी गरिएछ विद्यालयमै हत्या


६ बैशाख २०७६, शुक्रबार
nusrat

काठमाठौं, ६ वैशाख । बंगलादेशमा गत हप्ता हत्या गरिएकी छात्रा नसरत जहाँ रफीलाई उनकै प्रधानाध्यापकले आगो लगाउन आदेश दिएको खुलासा भएको छ ।

१९ वर्षीया रफीमाथि यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा मुद्दा दर्ता गरेपछि उनलाई मुद्दा फिर्ता गर्न भनेको थियो । तर, किशोरीले मुद्दा फिर्ता गर्न नमानेपछि आरोपित प्रधानाध्यापकले मट्टितेल छर्केर आगो लगाउन आदेश दिएको खुल्न आएको प्रहरीले बताएको छ ।

nusrat1

दक्षिण एशियाली मुलुक बंगलादेश नसरतको हत्यालाई देशभर आन्दोलन भएपछि बंगलादेशका प्रधानमन्त्रीले घटनामा संलग्न जो–कोहीलाई कानूनी कठघरामा उभ्याइने बताएका थिए । ‘रफीलाई उनी सहभागी एक कार्यक्रम स्थलबाट सोही घरको छतमा लगी प्रहरीमा दायर भएको यौन
दुर्व्यवहारसम्बन्धी मुद्दालाई फिर्ता लिन दबाब दिएका थिए ।

तर, मुद्दा फिर्ता लिन नमानेपछि मट्टितेलमा चोबेर आगो लगाउन आदेश दिएको हत्या आरोपमा पक्राउ परेका १७ जनामध्ये एक आरोपितले बयान दिएका छन्’, अनुसन्धानमा संलग्न वरिष्ठ प्रहरी उपरीक्षक मोहम्मद इकबालले बताएका छन् ।

nusrat3

रफीले मार्चको अन्त्यतिर आफूमाथि यौन दुर्व्यवहार भएको भनी मुद्दा दर्ता गर्न पुगेकी थिइन् । तर, प्रहरीको स्थानीय कार्यालयका प्रमुखले घटनालाई सामान्य भन्दै मुद्दा दर्ता गर्न नमानेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि यसले देश व्यापीरूपमा चर्चा पाएको थियो ।

बयानमा पक्राउ परेका आरोपितमध्ये पाँच जनाले रफीलाई एउटा पछ्यौरा (स्कार्फ) ले बाँधी आगो लगाएको जनाइएको छ । उक्त घटनामा तीनजना रफीकै सहपाठी समेत रहेको खुल्न आएको छ ।
किशोरीले आत्महत्या गरेको पुष्टि गर्ने योजना उक्त समूहको रहेको भए पनि आगोले जलेर पछ्यौराले बाँधिएका हातखुट्टा खुलेपछि रफी आगो सल्किएकै अवस्थामा भवनको तल्लो तलामा झर्न सफल भएको भेटिएको प्रहरी उपरीक्षक इकबालले बताए ।

nusrat

करीब ८० प्रतिशत शरीरमा आगोले जलेकी रफीको उपचारका क्रममा अप्रिल १० मा निधन भएको थियो । रफीको मृत्यु पूर्व उनले भिडियो रेकर्ड गरी आफ्ना प्रधानाध्यापकलाई दोषारोपण गरेकी थिइन् ।

उनले भिडियोमा भनेकी थिइन्, ‘प्रधानाध्यापकले मलाई गरेको यौन आक्रमणको अन्तिम श्वाससम्म मुकाविला गर्नेछु ।’ उनले घटनामा संलग्न अन्य केहीको पनि परिचय दिएकी थिइन् । –एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७